यो किताब साँच्चैनै संसार बाहिरको छ। डाउनलोड गरी आफैंले पढ्नुहोस्!

राएलियन आन्दोलन

 FAQ #16

पेडोफिलियासम्बन्धि रायलियन द्रिष्टिकोण के हो?
हामीले यौन स्वतन्त्रतालाई मानेपनि, यदि तपाईं पेडोफाइल हुनुहुन्छ भने तपाईंलाई रायलियन आन्दोलनमा स्वागत छैन। यसलाई हामीले मानसिक रोग मात्र नमानी, क्याथोलिक चर्चको राजनीति बिरुद्ध जान खोजेका हौं। क्याथोलिक चर्चले आफ्ना पेडोफाइल पुरोहितहरुलाई लुकाएर राख्नको लागि एक ठाउँबाट अर्को ठाउँमा सार्ने गरेका छन्। यसरी उनीहरुले झनै धेरैजनालाई सिकार बनाउन पाएका छन्। यस विषयमा रायलियन आन्दोलनको कडा नियम छ: कुनै पनि सदस्य पेडोफाइल भएको अथवा कानूनले दिएको उमेर मुनिको मान्छेसँग यौन सम्पर्क गरेको शंका गरिएमा त्यस व्यक्तिलाई निकाला मात्र नगरी प्रहरीलाई पनि रिपोर्ट गरिनेछ्।

हाम्रो सिद्धान्तले यौन स्वतन्त्रतालाई मान्यता दिएकोहुनाले पेडोफिलियालाई पनि मान्यता दिन्छ भनेर फ्रान्सेली पत्रिकाहरुले गल्ती गरी छापेकाछन्। यही कारणले कोही व्यक्तिहर हाम्रो सिद्धान्तप्रति आकर्सित भएकाछन्। तर तथ्यमा यो उल्टो छ। जब कुनै व्यक्तिको यौन जीवन भरिपूर्ण हुन्छ, त्यति बेला उसले बच्चाहमाथि आफ्नो यौनता जबरजस्ति राख्न खोज्दैन। क्याथोलिक पुरोहितहरुले भने आफ्नो यौनता नभएको कारणले जबरजस्ति गरिरहेका छन्। कुनै लेखहरुले रायलिएन परिहरुका बारे पनि लेखिएका छन्। राएलिएन परिहरू एउटा समूह हो जसले आफ्नो स्त्रीताको विकास गर्न र आफूले चाहेमा आफ्नो यौनता आफ्ना स्रष्टीकर्ताहरू र प्रफेटहरूलाई दिने प्रतिग्या गरेकाछन्, जुन अवस्थामा उनिहरूले आफ्नो घाँटीमा गुलाबी प्वाँख लगाउँदछन्। यसले उनिहरू कोहिसँग यौन सम्पर्क राख्न नचाहेको जनाउँछ। यो सङ्गठनमा कुनै परिहरू यौन सम्पर्क राख्न ऐनले दिएको उमेरमुनि भएमा घाँटीमा कालो प्वाँख लगाउनुपर्दछन्। यसले उमेर पुगेका रायलिएनहरूलाई यी परिहरूसँग यौनको विचार नराखी कुरा गर्नुपर्छ भन्ने संकेत दिन्छ। कतिपय साना उमेरको परिहरू कोहिसँगपनि यौन सम्पर्क नराख्ने निर्णय गरेका हुन्छन्। यो अवस्थामा यी परिहरू अरू साना उमेरका व्यक्तिहरूसँग पनि यौन सम्पर्क राख्दैनन्, जुन कुरा धेरै जवान केटीहरूले अनुभव गर्छन्। यी परिहरूले पनि गुलाबी प्वाँख लगाउने गर्छन्। केही पत्र-पत्रिकाहरूले कोही साना उमेरका परिहरूका आफ्ना सृष्टीकर्ताहरू बाहेक अरू कोहीसँग यौन सम्पर्क नराख्ने सुन्दर निर्णयलाई पेडोफिलियाको संकेतको भनी बुझेकाछन्, जुन विचार गलत हो।

पेडोफिलिया एक दिमागको रोग हो भन्ने कुरा रायलिएन सिद्धान्तमा प्रस्ट छ र यसलाई संगठनभित्र कहिले पनि सहिने छैन। यदि कोहिपनि सदस्यमा, जुनैपनि दर्जाको होस्, यो स्वभाव फेला परेमा उसलाई निकाला गरी कानूनमा खबर गरिने छ।
  

 Category: एलोहिमका सन्देश

  • एलोहिमलाई कसले बनाएका हुन्?
    यदी हामीले भगवानमा विश्वास गर्ने हो भने, हामी सोध्न सक्छौं की "भगवानलाई कसले बनायो?"। यदी हामीले ईभोलुशन र 'बिग् ब्याङ" मा विश्वास गर्ने हो भने, हामी सोध्न सक्छौं की "यो बिग-ब्याङ सृजना गर्ने वस्तु र शक्ति कहाँ बाट आयो?"।
    एलोहिमका कथा पनि यहिनै हो -- उनीहरूलाई आकाशबाट आएका मानिसहरूले बनाएका थिए, जसलाई अरू आकाशबाट आएका मानिसहरूले बनाएका थिए। यो जीवनको एक अनन्त चक्र हो। एक दिन पृथ्वीका वैज्ञानिकहरूले पनि अर्को ग्रहमा गएर सृष्टी गर्नेछन्।
  • तिनीहरूलाई किन एक राजदूतावासको जरूरी छ?
    एलोहिमहरू आक्रमणकारी छैनन्। उनीहरूले आउने चाहना देखाएपनि हामीले नचाहेमा हाम्रो सो इक्षालाई मान्छन्। उनीहरूलाई निमन्त्रणा गर्ने वा नगर्ने हाम्रै हातमा छ, र राजदूतावासको निर्माण नै हाम्रो उनीहरूलाई निमन्त्रणा हो। कम्तीमा पनि हामी यति गर्न सक्छौं।
    एक विपक्षी राजदूतावास, स्वतन्त्र हावा र औपचारिक स्वागत विना एक अघोसित र अनिक्षित भेटले विश्वभरि ठुलो विनाशिलो राजनैतिक, आर्थिक र सामाजिक नतिजा ल्याउँथ्यो। अरू कुनै संस्थालाई शुरूमा खबर गरी उनीहरूले न त कुनै सरकार, धर्म अथवा रायलिएन सिद्धान्त बाहेक अरू कुनै सिद्धान्तलाई अकिंत गर्न चाँहदैनन्। त्यसैले हामीले राजदूतावास निर्माण गरेपछी मात्र उनीहरू आउँछन् -- उनीहरूको हामीप्रति यस्तो माया र सम्मान छ।
    उनीहरूकै निर्देशनमा रायलले रायलियन आन्दोलनको स्थापना गरे। यो एक नन्-प्रफिट अन्तर्राष्ट्रिय संघ हो जसले सहयोग गर्न चाहने व्यक्तिहरूलाई सँगै ल्याउँछ। यो एक खुल्ला संघ हो जसले मानिसलाई पत्याउन लगाउँदैन। जानकारि दिनको लागि र भाग लिन र छोड्न चाहनेहरूलाई सो गर्न दिने गरि यो संघ बनाइएको हो। रायल लगायत रायलिएन आन्दोलनका कुनै पनि सदस्यलाई केही तलब छैन।
  • तिनीहरूले किन आफूहरूलाई सबैको अगाडी देखाउँदैनन्, जसले गर्दा हामीसँग राएलको बयानको प्रमाण हुन्थ्यो?
    यो घटना एकछिनलाई कल्पना गर्नुहोस्... सबैठाउँमा हुने, तर कहिले नदेखिएको यो शक्ती जसले हामीलाई सृजना गरेको...सबैले देख्नेगरी एक्कासि पृथ्वी अथवा आकाशमा आउँछ...एक अर्कै ग्रहबाट आएको "अन्तरिक्ष जहाज" ...कल्पना गर्नुहोस्।
    जब मानव आकारको जीवहरू "अन्तरिक्ष जहाज" बाट ओर्लिन्छन्, मान्छेहरूले कस्तो विचार राख्छन् होला? हुनसल्छ की तिनीहरूलाई मानिसहरूले अरूको ईलाकामा नसोधिकन आउने जीवहरू भन्ठानेर सैनिक आक्रमण गर्नसक्छन्। यस्तो शान्तिसाली भेट संभव हुनको लागि दुवै पार्टी बुझ्झकी हुनुपर्छ।
    राएलले भन्छन् की क्राइस्टको पालामाझैं एलोहिमले उनीहरू हाम्रो सृष्टीकर्ता हुन् भनेर बुझाउनको लागि कुनै "जादु" देखाउने छैनन्। यस्ता उच्च घटनाहरूले एलोहिमका शक्ति देखाएपनि क्राइष्टका सिद्धान्तका विरोधीहरूले उसलाई क्रुसिफाइ गरे। यो "जादु" हरूलाई प्रमाण मानिएनन्।
    यो बुझ्नु जरूरी छ की एलोहिमले हामीले उनीहरूलाई पूजा गरोस् भनी चाहँदैनन्। बरू उनीहरू प्रति र एक आपसमा माया गरोस् भनी चाहन्छन्। उनीहरूले हामीमा सत्यको पूर्ण बुझाउ होस् भन्ने इच्छा राख्छन्। उनीहरूबाट सिकी हामीले एक दिन संसारको बृहत ज्ञानको निकायमा केही दिएर सबैको चेतना जगाओस् भन्ने आशा राख्छन्।
    इतिहासमा यो समय ज्यादै महत्वपूर्ण छ किनभने हामीले आफ्नो जीवनको बारे बुझ्नको लागि चाहिने टेक्नलजिकल ज्ञान बटुलिसक्यौं। सजिलो तरिकामा लेखिएता पनि, यो सन्देशहरूले हाम्रो उत्पतीको तथ्य बुझ्न, हाम्रो ग्रहको वर्तमानको विकट अवस्था बुझ्न, र मानवताको शक्ति प्राप्त गर्नको लागि के 'पेरेडाइम सिफ्ट्' ल्याउनु पर्छ भन्ने कुराहरूमा मूल जानकारी दिन्छ।
    जहिले र जब त्यो बेला आउँछ, एलोहिमले हामीलाई भेट्न आउनेछन्। यो बेला तब आउँछ जब चेतना भएका मानिसहरूले यो ग्रह भरिन्छ र उनीहरूलाई पाहुना झैं स्वागत गर्न तयार हुन्छ।
  • राएलियनहरूले कसरी एक जना मान्छेले भनेको कुरा पत्याउन सक्छ?
    राएलका कितावहरूमा लेखिएका सबैकुरा प्राचीन धार्मीक ग्रन्थहरू, लेखहरू, परम्परा र आधुनिक विज्ञानले पक्का गर्छन्। मानव र अर्को ग्रहको जातिहरूसँग भेट भएको चिन्हहरू सबै महादेशहरूको इतिहासभरि पाईन्छ। तपाईंले आजको वैज्ञानिक विकासहरू हेर्नुभयो भने, यो सबै राएलले ३२ वर्ष अगाडि भनिसकेका थिए।
    राएलियन सिद्धान्त बुझ्ने बारे हो, पत्याउने होइन। त्यसैले राएल आफैंले तपाईंलाई उसमा त्यतिकै नपत्याई आफ्नै खोजी गरी हेर्नु भन्छन्।