यो किताब साँच्चैनै संसार बाहिरको छ। डाउनलोड गरी आफैंले पढ्नुहोस्!

राएलियन आन्दोलन

सन्देश

केहि शताब्दिका लागि, विद्वानहरूले जीवनको माने र उत्पति बारे दुईवटा मुख्य संभावनाहरू बीच विवाद गरिरहेकाछन्। केहीले विकास (इभोलुशन) को सिद्धान्तमा नपाइपने उच्च-दार्शनिक क्षेत्रलाई मानेकाछन् भने, अरूले सबै-जान्ने र शक्तिशाली भगवानको प्रसंगलाई अविवेक भनी हटाएका छन्।
यदी, दुवै विबेक र दार्शनिक गहिराइ भएको, एक अर्को सिद्धान्त भएको भए?
“सन्देश” ले यो प्रस्ताव गर्छ: हजारौं वर्ष अघि, अर्को गृहका वैज्ञानिकहरू पृथ्वीमा आई मानिस लगायत सबै किसिमका जीवनहरू बनाए। उनीहरूले मानिसलाई आफ्नै आकारमा बनाए। यी वैज्ञानिकहरू र उनीहरूका कामका प्रसंग प्राचीन लेखाइ र धेरै संस्कृतिहरूमा पाइन्छ। उनीहरूलो उच्च विकसित प्रविधिले गर्दा हाम्रा पुर्खाहरूले उनीहरूलाई भगवान माने र ‘एलोहिम’ भनेर बोलाए, जुन शब्दको माने प्राचीन हिब्र्यू भाषामा ‘जो आकाशबाट आएका’ हो।
एलोहिम वहुवचन शब्द भएता पनि यसलाई समयको क्रममा एकवचन ‘भगवान’ मा गलत अनुवाद गरियो – आधुनिक बाइबलमा लेखिएझैं।
जे भएपनि यी आकाशबाट आएका मान्छेहरूले (एलोहिम) मानवतालाई विभिन्न सन्देशवाहकहरू द्वारा (भविष्य वक्ता भनेर पनि मानिने, जो सँग उनीहरूले सम्पर्क राखे) कलान्तर शिक्षा दिए। प्रत्येक सन्देशवाहकहरूलाई त्यही समयको बुझ्ने तहलाई सुहाउने सन्देश दिइयो। यो सन्देशको प्रमुख लक्ष्य अहिंसा र सम्मानका आधारभूत सिद्धान्तहरू खडा गर्ने थियो। मानवतालाई विज्ञानको पर्याप्त बुझाउ भएपछि, एलोहिमले यू एफ ओ (उडन्तस्तरि) को देखाउ द्वारा आफूहरूलाई अझै दृष्य गराए र अन्तिम सन्देशको धारणा बसाउन लगाए। राएललाई दुईवटा कार्य दिइएको थियो: पृथ्वीमा अन्तिम सन्देश फैलाउने र हाम्रा सृष्टीकर्ताहरूलाई स्वागत गर्नको लागि एल राजदूतावास तुयार गर्ने।

यो नास्तिक ‘बुद्धिमतापूर्ण ढाँचा सिद्धान्त’ ले भगवान मान्नेहरू र विकास (ईभोलुशन) मान्नेहरू बीचको धेरै पूरानो विवादलाई एक विबेक समाधान दिन्छ। यो आजको वैज्ञानिक आविस्कारहरू सँग मात्र होइन तर प्राचीन ऐतिहासिक संस्कारहरूको विवरणहरू सँग पनि मिल्छ।
तर हामीले भनेको यी कुरा त्यसै नपत्याउनु होस्। बुद्धिमतापूर्ण ढाँचा - सृष्टीकर्ताहरूका सन्देश आफैंले पढ्नुहोस् र आफ्नै खोजी गर्नुहोस्।
हामी पक्का गर्छौंकी तपाईंले संसारलाई फेरि त्यही नजरले हेर्नुहुने छैन!