यो किताब साँच्चैनै संसार बाहिरको छ। डाउनलोड गरी आफैंले पढ्नुहोस्!

राएलियन आन्दोलन

रायल: गायक/गीत लेखक

वहाँको सन् १९६५ को पहिलो रेकर्ड
रायल सन् १९४६ सेप्टेम्बर ३० मा क्लड भोरिल्होनको नामले भिचि, फ्रान्समा जन्मिएका थिए। वहाँलाई एम्बर्ट भन्ने ठाऊँमा आफ्नी अन्टी र हजूरआमाले हुर्काएका थिए। कविता, गायन र गीत लेखाइमा निकै रूचि भएका रायलले १५ वर्षको उमेरमा घर छोडेर पेरिस गई क्लड सेलेको उपनामले गायक भई प्रदर्शन गरे। ज्याक ब्रेलको ठूलो प्रसंशक रायलले पेरिसका सबै काबारेहरू, जहाँ बेल्जियमका एल एसेले दे ज्याकब जस्ता नामुद कलाकारले आफ्नो करियरको सुरूवातमा प्रदर्शन गरेका थिए, सँग गीत गाए। वहाँ एल मिएल ए ला कानेल (मह र ल्वाङ्) भन्ने गीतले प्रख्यात भए। फ्रान्सेली स्टार डालिडाकी एक्स्-पती लुसिएँ मोरिसले रायललाई डिस्क् ए जी को सी.इ.ओ. सँग एक कन्ट्राक्ट अफर गरेपछि, १९६६ र १९७१ बीच ५ वटा रेकर्डहरू निकाले।

  • Sacrée sale gueule (वहाँको सन् १९६५ को पहिलो रेकर्ड).
  • Dans un verre de vin
  • Le Miel et la cannelle (Honey and cinnamon) (1966)
  • Madam' Pipi (Mrs. Toilet attendant) (1966)
  • Monsieur votre femme me trompe (Mister, your wife is cheating on me) (1966)
  • Quand on se mariera (When we'll get married) (1966)
  • Mon amour Patricia (My love Patricia). (1971)

रायल भएपछि वहाँले आफ्नो गीत लेखन र गायनको सीपले हामीलाई आनन्द दिंदै सित्तै माया, अहिंसा, भिन्नताको माया इत्यादि जस्ता रायलिएन सिद्धान्तको मूल्य र नियमहरूलाई अघि बढाए।

राएलले २०० भन्दा बढी गीतहरू लेखेका छन्। वहाँले गाएक केही गीतहरू तपाईंले यहाँ हेर्न सक्नुहुनेछ। कुनै गीतहरू mp3 मा तलका लीङ्क बाट डाउनलोड गर्न सक्नुहुनेछ।