रायल: रेसिङ-कार ड्राईभर     
Rael Racingगाडी कुदाउने (कार रेसिङ) सीप र रहर रायललाई ९ वर्ष देखिनै लागेको थियो। भर्खरै आएका नयाँ कारहरू चलाउन पाउनको निम्ति वहाँ एक खेलकूद-पत्रकार भए। वहाँले आफ्नै कार-रेसिङ पत्रिका खोल्नुभयो, अटो पप्, जुन फ्रान्सको उत्कृष्ट कार-रेसिङ पत्रिका भयो र यसले गर्दा वहाले चलाउन दिइएको कारहरू कुदाउन पाउनुभयो। वहाँले मानि कुर, फ्रान्सको विनफिल्ड भन्ने प्रख्यात रेस स्कूलबाट उच्च शिक्षा हासिल गरे। यालेन प्रस्ट् जस्ता champion ले पनि यही ठाऊँबाट उच्च शिक्षा हासिल गरेका थिए। वहाँले आफ्नो पहिलो रेस, जुन फ्रान्सको अलिबि ट्र्याकमा अरू खप्पिस र नामूद ड्राइभरहरूसँग भएको थियो, मै पोल स्थान पाएर सबैलाई अचम्म पारे। सीघ्रै वहाँ आफ्नो पहिलो-चक्कर प्रतिभाको लागि नामूद हुनुभयो। कहिलेकाहीं वहाँले पहिलो चक्करमै ७ वटा कारहरूलाई समेत जिते!

सन् १९७३ डिसेम्बर १३मा वहाँको जिन्दगी बदलियो किनभने यो दिन वहाँले हामीलाई बनाएका वैज्ञानिकहरू मध्ये एकलाई भेटे। यसै कारणले वहाँ आफ्नो रहरलाई त्याग्न वाध्य भए। तैपनि सन् १९९४ मा, वहाँको प्रख्यात भेटको करिब २० वर्ष पछि, धेरै रायलियनहरूको मागमा, जसले वहाँ रेस गरेको हेर्न चाहन्थे, रायले एकपटक पून: नामूद अन्तरराष्ट्रिय प्रतिसपर्धाहरूमा भागलिन स्वीकार गरे। यसमा यू.यफ.ओ. ल्यान्ड् (UFOland), संसारकै सबैभन्दा पहिलो यू. यफ. ओ. (UFO) घटनालाई बयान गर्ने सेन्टरले केहि भागमा स्पन्सर गरे, र रायलले आफ्नो रहरमार्दै हाम्रा सृष्टिकर्ताहरुले दिएका सन्देशहरूलाई पनि फैलाए।

लि मान, जितुवा जन क्लड आन्द्रेय, डेपाइलिए इत्यादि जस्ता को-पाइलटहरूसँग र मोन्जा इटालि, स्पा बेल्जियम, डेटोना संयुक्त राज्य अमेरिका, मन्टरियाल क्यानडा, सुजूका जापान लगायत अरू धेरै संसारकै सबैभन्दा प्रख्यात ट्र्याकहरूमा रेस गरेर रायलले उत्कृष्त-पाइलटको नाम कमाए। रायल संसारको सबैभन्दा चाँडो आध्यात्मिक गुरू हुन्!

आज रायलले रेसिङ गर्नबाट छोडिसके, तर वहाँ आफ्नो फुर्सतको समयमा अझैपनि अनलाइन रेसिङ खेल्न मन पराउनु हुन्छ। Live for Speed मा वहाँ rael.org/racing को उपनामबाट रेस गर्नुहुन्छ र वहाँ संसारको सबैभन्दा राम्रा मध्ये एक हुनुहुन्छ।



RaelRadio.net
RaelRadio.net
फ्रि ई-बुकहरु
RaeliaNews & Contact
रायलियन आन्दोलनका कार्यालयगत समाचार र विचार। साप्ताहिक रायलियन खबरपत्र ‘Contact’ र रायलियन भिडियो रिपोर्टहरूको गृहपृष्ठ।
भिडियोहरू | सन्देश | डाउन्लोडहरू | गृहपृष्ठ | रायलको बार | धेरै सोधिने प्रश्ऩहरू | कार्यक्रमहरु | साक्षीहरूको बयान | सेमिनारहरू | हामीलाई खबर गर्नुहोस् | पसल | लिङ्कहरू | Press |
© 2005 International Raelian Movement. All rights reserved.
Press - Terms of Use - हामीलाई खबर गर्नुहोस्