रायल: एलोहिमका सन्देशकार     
रायल: एलोहिमका सन्देशकार२७ वर्षको उमेरमा जब वहाँले अझैपनि आफ्नो सफल रेसिङ-कार पत्रिका चलाइरहेका थिए, सन् १९७३ डिसेम्बर १३को विहान फ्रान्सको \“पी दे लासोला\” भन्ने एक ज्वालामूखि-पार्कमा रायललको अर्को ग्रहबाट आएको एक मानवसँग जम्काभेट भयो। यो अन्तरिक्षवासीले ‍ वहाँलाई हाम्रो शुरूवात र हाम्रो भविष्य कसरी आयोजना गर्ने भन्ने जानकारीमा नयाँ विवरण सहित बयान दिए। यो कुरालाई बुद्धिजीवि डिजाइन किताबमा रेकर्ड गरिएको छ। त्यही ठाऊँमा भएको ६ वटा लगातार भेटपछि रायलले मानवतालाई यो क्रान्तिकारी सन्देशको जानकारी दिने र जनसंख्यालाई आफ्नो सृष्टिकर्ताहरू, एलोहिम, लाई कुनै अन्धविश्वास र डर नराखी, तर मानवझैं चेतना र गुणी भई स्वागत गर्न तयार गर्न दिईएको लक्ष्य स्वीकार गरे। यो महान कर्तव्यलाई विचार दिएपछि रायललाई झण्डै पेटको अल्सर भयो, जब वहाँले आफ्नो सार्है मनपरेको स्पोर्ट्स-कार पत्रकारको काम छोड्नुभयो र आफूलाई यावे (वहाँले भेटेका अन्तरिक्षवासी) ले दिएको काममा पूर्ण रूपले लाग्नुभयो। जम्काभेट भएको एक वर्षभित्रै वहाँले भएको घटनालाई लेखेर किताबमा छाप्नुभयो र फ्रान्सको दुईवटा मुख्य टेलिभिजन र रेडियो कार्यक्रममा आउनुभयो र एक सार्वजानिक सम्मेलनको घोषना गर्नुभयो। सन् १९७४ सेप्टेम्बर १९मा पेरिसमा भएको यो पहिलो सार्वजानिक सम्मेलनमा २००० भन्दा बढी मान्छेहरू आएका थिए। यस पछि चाँडैनै वहाँले म्याडेक (MADECH) संघ – वहाँलाई वहाँको महान कर्तव्यमा सहयोग गर्न चाहेका ईच्छुक मानिसहरूको एक समूह जुन पछि गएर रायलियन आन्दोलन भयो, को स्थापना गरे। सन् १९७४को अन्तमा यो संघमा १७० सदस्यहरू भए। अहिले यस आन्दोलनमा ८६ वटा देशहरूबाट ६५,००० भन्दा बढी सदस्यहरू छन्।

सन् १९७५ अक्टोबर ७ मा वहाँको दोस्रो जम्काभेट भयो र वहाँलाई थप जानकारी दिइयो जुन वहाँले दोस्रो किताब, बुद्धिजीवि डिजाइन कै अर्को भाग, मा लेख्नु भएको छ। त्यो समय पछि, रायल संसारभरि सबै महादेशमाहरुमा सम्मेलन र गोष्ठीहरू गर्दै आफ्ना सृष्टीकर्ताहरूलाई स्वागत गर्ने इच्या भएकाहरूलाई बटुल्दै गरेका छन्।

वहाँले अरू धेरै किताबहरू लेखेका छन्, जसमध्ये इन्द्रिय ध्यान जुन वहाँको शिक्षाको एक महत्वपूर्ण भाग हो, "प्रतिभातन्त्र" यो ग्रहमा एक अझै बुध्दिजीवि व्यवस्थाको चाहिन्छ भन्दै, र "मानव क्लोनिङलाई समर्थन" अनन्त जीवन र सुन्दर भविष्यको सम्भावनालाई बुझाउँदै, विज्ञानलाई धन्यवाद।

अघिका केही वर्षहरूमा, रायलले ढालको प्रयोग देखि हस्तमैथुनको प्रचार; स-साना जातजातिहरूका सहायतामा विश्वभरि गरिएका प्रचारका “भिन्नता सहेर पुग्दैन, मनपराउनु पर्छ” भन्ने नारा देखि सबै धार्मिक किताबहरूबाट मानव अधिकारहरूलाई नमान्ने कुरालाई मेटाइनुपर्छ भन्ने disturbing अनुरोध; मानव क्लोनिङको सहायतामा क्लोनेडको स्थापना देखि विश्वमा सबै मानिसलाई पुग्ने खाना बनाउनको लागि जि.एम.ओ. को उन्नती; सरकमसाइज (circumcise) गरिदिएको आइमाइहरूको क्लिटोरिस् बनाएर आनन्दको अनुभव दिलाउनको लागि क्लिटोरेड संस्थाको स्थापना देखि अफ्रिकाका पारम्परिक प्रमुखहरूलाई सँगै आई संयुक्त राज्य अफ्रिका बनाउने सुझाउ द्वारा धेरै जन-कार्यहरूलाई चेतना दिएकाछन्।

टेलिभिजनमा ६० मिनेट, सि.एन.एन, फक्स, र बि.बि.सी. जस्ता संसारको मुख्य समाचार प्रोग्रामहरू र ब्रेकफास्ट् विथ् फ्रस्टएन्टर्टेन्मेन्ट टुनाइट इत्यादि जस्ता अरू प्रोर्ग्रामहरूमा रायल पाहुना हुनुभएको छ। वहाँलाई आफ्नो विज्ञानको दृष्टिकोण बयान गर्न अमेरिकन कंग्रेसमा बोलाइको थियो र वहाँ संसारका धेरै नेताहरूका पाहुना पनि हुनुभएका छन्। सन् २००० मा कोन्गोका राष्ट्रपति डेनि सासु इनगेसो वहाँलाई औपचारिक रूपमा स्वागत गर्ने पहिले व्यक्ति भए । धेरै कलाकारहरूले र फ्रान्सेली लेखक, मिसेल बेलबेक र ह्यू हेफ्नर जस्ता व्यक्तित्वहरूले पनि वहाँलाई स्वीकारे।

संसारको सबै संस्कृतिहरूमा एक सन्देशकारको प्रतिक्षा हुन्छ – बौद्ध धर्म मान्नेहरूको मैत्रेय होस्, वा यहूदीहरूको मसाया, वा क्राइष्ट धर्म मान्नेहरूलका पाराक्ले, वा संसारका धेरै जातिहरूले बोलाउने अरू कुनै नाम होस्। प्रतिक्षा गरिएको यो सन्देशकारले, अरू सन्देशकारहरूले झैं सबैलाई खुशी पार्ने काम नगरी हाम्रा सृष्टीकर्ताहरूले हामीबाट चाहेका कुराहरु बताउँछ। रायलले यही काम ३० वर्षभन्दा बढी गर्दै आएका छन्। औधि यात्रा गरी आफूले केहीपनि नलिने भाका गरेहाछन् र कमाएका सबै कुराहरु हाम्रा सृष्टीकर्ताहरूले अनुरोध गरेका सन् २०३५ अघि बनाइनु पर्ने रालदूतावासमा वहाँहरूलाई स्वागत गर्न चलाउने छन्।


RaelRadio.net
RaelRadio.net
फ्रि ई-बुकहरु
RaeliaNews & Contact
रायलियन आन्दोलनका कार्यालयगत समाचार र विचार। साप्ताहिक रायलियन खबरपत्र ‘Contact’ र रायलियन भिडियो रिपोर्टहरूको गृहपृष्ठ।
भिडियोहरू | सन्देश | डाउन्लोडहरू | गृहपृष्ठ | सन्देश | डाउन्लोडहरू | भिडियोहरू | रायलको बार | धेरै सोधिने प्रश्ऩहरू | LAN_EMBASSY | कार्यक्रमहरु | साक्षीहरूको बयान | सेमिनारहरू | हामीलाई खबर गर्नुहोस् | पसल | लिङ्कहरू | Press |
© 2005 International Raelian Movement. All rights reserved.
Press - Terms of Use - हामीलाई खबर गर्नुहोस्